त्रिविका उपप्राध्यापक चलाउनेकाे समर्थनमा प्रदर्शन गर्नेहरू पक्राउ
काठमाडाैं | असार ५, २०८०
काठमाण्डौ: त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई न्याय माग गर्दै काठमाण्डौ जिल्ला अदालत अगाडि प्रदर्शन गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
आज मङ्गलवार बृहत् नागरिक आन्दोलनले उपप्राध्यापक चलाउनेलाई न्याय माग्दै प्रदर्शन गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले गएको जेठ ३० गते नेविसङ्घका त्रिवि समिति अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावललगायत सात जनाविरुद्धको ज्यान मार्ने उद्योग कसुरको मुद्दा फिर्ता लिएको थियो । मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध उपप्राध्यापक चलाउनेले त्रिवि विश्वविद्यालय परिसरमा हिजो सोमवारदेखि अनशन पनि सुरु गर्नुभएको छ ।
चलाउनेमाथि गएको २०७७ असोज २० गते आक्रमण भएको थियो । चलाउनेले सुरु गर्नुभएको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै बृहत् नागरिक आन्दोलनले प्रदर्शन गरेको हो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

